|  

काठमाडौंमा नेपाल-भारत वाणिज्य सचिवस्तरको बैठक सुरु

२६ पुस, काठमाडौं ।  नेपाल-भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आईजीसी)को बैठक आजदेखि काठमाडौँमा सुरु भएको छ ।

बैठकमा नेपालले भारतमा वस्तु निर्यातमा देखिएको समस्या समाधानदेखि वाणिज्य सन्धि पुनरावलोकनसम्मका विषय उठाउने बताइएको छ ।

नेपाल भारतबिच केही समयदेखि व्यापार र पारवहनमा देखिएका समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित भएर छलफल हुनेछ। नेपाल-भारत वाणिज्य सचिवस्तरको आज र भोली चल्ने छ ।