|  

राप्रपाको चियापानमा प्रधानमन्त्री पनि सहभागी हुने

२६ पाैष, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि नै काठमाडौंमा चियापान समारोहको आयोजना गर्दैछ ।

राप्रपाले भोलिको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओलीलाई विशेष निम्तो दिएको छ । बिहीबार साँझ राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र शुक्रबार बिहान राप्रपा नेपालका अध्यक्ष कमल थापा दुवैले ओलीलाई भेटेर चियापानमा आउन निम्तो दिएका हुन् । ओलीले पनि आउने बचन दिएको बताईएको छ ।

चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न पेशागत संघसंस्थाका प्रमुख, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा पठाएको राप्रपाले जनाएको छ । 

साथै राप्रपाले पुस २७ गते राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्तीको दिन धुमधामसँग दिवस मनाउने निर्णय र र्याली निकाल्ने भएको छ । राप्रपाले निकाल्ने उक्त र्यालीमा अध्यक्ष राजेन्द्र लिङ्देनदेखि पूर्व अध्यक्ष पशुपति शमसेर जबरा वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीलगायतका शीर्ष नेता पनि सहभागी हुनेछन ।