२६ पौष, काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले संविधान संशोधनका विषयमा आफ्नो पार्टी प्रतिबद्ध रहेको दोर्होयाएका छन् ।
आज नेपालगन्जमा पत्रकारसँग उनले यसका लागि राष्ट्रिय सहमति जटाउनुपर्ने बताएका हुन् । सरकार सुशासन, भ्रष्टाचार अन्त्य, विकास निर्माण र संविधान संशोधनका मुद्दामा केन्द्रित हुनुपर्ने उनको भनाई छ । संविधानका कमीकमजोरी सुधार गर्न आवश्यक भएकाले संविधान संशोधनका विषयमा कांग्रेस स्पष्ट रहेको बताए ।
साथै पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले सरकार विकासका मुद्दामा केन्द्रित हुन नसकेको टिप्पणी पनि गरे । सरकारका कामको मूल्यांकन विभिन्न तहमा भइरहेको उल्लेख गर्दै कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्य साउदले पार्टीको आन्तरिक संरचनामा सरकारको कार्यसम्पादनको मूल्यांकन उपयुक्त समयमा हुने धारणा राखे । मुलुकको परिस्थिति र पार्टीलाई चलायमान बनाउन आफूहरू जिल्ला दौडाहामा निस्किएको उनको भनाइ छ ।