|  

लिला पछाईंले पनि बुझाइन् धरौटी

२६ पुस, काठमाडौं ।  पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादी लिला पछाईंले पनि धरौटी बुझाएकी छिन् । उनले शुक्रबार जिल्ला अदालत कास्कीमा नगद धरौटी बुझाएकी हुन् । 

जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले पछाईंसँग ३७ लाख धरौटी माग गरेका थिए । सोही अनुसार शुक्रबार ३७ लाख धरौटी बुझाएर पछाईं छुटेको कास्की कारागार कार्यालयका प्रमुख राजेन्द्र शर्माले जानकारी दिए।

बिहीबार पैसा बुझाउन नसकेपछि उनलाई कास्की कारागार चलान गरिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित ६ जनाले धरौटी बुझाएर बिहीबार नै रिहा भइसकेका छन् ।