|  

फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाटै काठमाडौं आए रवि

२६ पुस, काठमाडौं ।  पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौंका लागि हिँडेका छन् ।

बिहीबार जिल्ला अदालत कास्कीको आदेशपछि धरौटीमा रिहा भएका लामिछाने आज दिउँसो २ बजेको फ्लाइटबाट काठमाडौं आउने तयारीमा थिए । तर लामिछाने फ्लाइट क्यान्सिल गरेर स्थलमार्गबाट काठमाडौंका लागि हिँडेका हुन् ।

पोखराको सूर्यदर्शन सहकारीको रकम दुरुपयोगमा पक्राउ परेका लामिछाने ८४ दिनपछि बिहीबार साँझ हिरासतमुक्त भएका हुन् ।

कास्की अदालतका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।