|  

रवि लामिछाने आइतबार बिहान साढे ८ बजे काठमाडौं अदालतमा हाजिर हुने

२६ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान साढे ८ बजे जिल्ला अदालत, काठमाडौंमा हाजिर हुने भएका छन् ।

रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराका अनुसार लामिछाने आइतबार बिहान जिल्ला अदालत, काठमाडौंमा हाजिर हुनेछन् ।

उनले भनेका छन्- 'उहाँ सम्बन्धित निकायहरूसँगको सम्पर्क र समन्वयमा आइतबार बिहानै ८:३० मा नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुनुहुनेछ ।' उनका अनुसार लामिछाने कास्कीको आवश्यक कानुनी कार्य सकेर काठमाडौंका लागि हिँडेका छन् । 

लामिछानेलाई जिल्ला अदालत, कास्कीले बिहीबार ६५ लाख धरौटीमा रिहा गरेको थियो ।