|  

प्रधानमन्त्री ओली चुनावै नगरी ०८७ सम्म बस्न खोजेको माधवको टिप्पणी !

२६ पौष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधनको मुद्दाबाट पछाडि हटेको आफूले पनि सुनेको बताएका छन् ।

सिंहदरबारमा विपक्षी दलका नेताहरुसँगको भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । उनले ओलीले चुनावै नगरी २०८७ सम्म बस्न खोजेको पनि टिप्पणी गरे ।  माधवले भने, ‘०८७ सम्म बस्ने उहाँको चाहना होला । हेरौं, ०८७ सम्म चुनावै नगरिकन बस्ने होकि ? त्यसलाई पनि मान्छेले प्रश्न उठाएका छन । संसद नै भंग गर्ने मान्छेहरु हुन, अझै ठेलेको ठेलै गरेर अझै ६ बर्ष बसौला भन्ने सोच्नुभएको छ कि थाहा भएन ।’

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा संविधान संशोधन अब २०८७ मा मात्रै हुने बताएका थिए ।