|  

नेपालमा हस्तकला क्षेत्र कहिल्यै विस्थापित हुँदैनः प्रधानमन्त्री ओली 

२६ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कला र संस्कृतिमा नेपाल धनी भएकाले हस्तकला क्षेत्र कहिल्यै विस्थापित नहुने बताएका छन् ।

नेपाल हस्तकला महासङ्घको ४४ औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल कलाका लागि प्रसिद्ध देश भएको बताएका हुन् । उनले रोजगारी र निर्यात वृद्धिमा योगदान दिने हस्तकला क्षेत्र सरकारको सधैँ प्राथमिकतामा रहने बताए । मुलुकमा रोजगारी, उत्पादन, उद्यमशीलता, आत्मविश्वास र निर्यात बढाउने क्षेत्र भएकाले यसका लागि सरकारले गर्नुपर्ने काममा लागि आफूहरूले सक्दो पहल गर्ने विश्वास दिलाए ।  उनले बजारका सामान भन्दा आफैंले मेहनत गरेर फलाएका  खाना र बनाएका सामान प्रयोग वृद्धिका लागि पनि आग्रह गरे ।