|  

नवलपुरको दुम्किबासमा पुल भाँचियो

२६ पुस, काठमाडौं । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– १ दुम्किबासको विनयी खोलाको पुल भाँचिएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको बुटवल–नारायणगढ सडकखण्डमा अधिकांश पुलहरु जीर्ण रहेका थिए। जसले गर्दा यहाँ पटक–पटक पुल भाँचिएर सडक अवरुद्ध हुने गरेको थियो।

नवलपुरका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले शुक्रबार साँझ ५ बजेतिर पुल भाँचिएर भासिदा सडक अवरुद्ध भएको जानकारी दिए।

उनले प्रहरी र चाइना स्टेट कम्पनीलाई डाइभर्सन निकाल्न भनिएको र तत्काल बाटो खुल्ने अवस्था नरहेको बताए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक जेशी शाहले पुल भाँचिएपछि बाटो अवरुद्ध भएको जानकारी गराउँदै डाइभर्सन नबन्दा सम्मलाई वैकल्पिक बाटो खोज्ने काम भइरहेको जानकारी दिए।