२७ पुस, काठमाडौं । पञ्जाबमा आम आदमी पार्टीका विधायक गुरप्रीत गोगीको गोली लागेर मृत्यु भएको छ ।
पञ्जाब प्रहरीका अनुसार यो घटना शुक्रबार राति १२ बजेतिर भएको हो।गोली लागेपछि गुरप्रीत गोगीलाई लुधियानाको डीएमसी अस्पतालमा ल्याइएको थियो, जहाँ उनलाई मृत घोषित गरिएको थियो ।
परिवारका अनुसार गल्तीवश उनले आफूलाई नै गोली हानेका थिए । उनको टाउकोमा गोली लागेको थियो। मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि खुल्नेछ