२७ पुस, काठमाडौं । लस एन्जलसमा मंगलबारबाट सुरु भएको आगलागी असर बढी रहेको छ ।
यसै कारण कम्तीमा ११ जनाको ज्यान गइसकेको छ भने १० हजार घर तथा संरचना ध्वस्त भएका छन्।क्यालिफोर्नियामा पानीको समेत अभाव देखिएको छ । त्यहाँका गर्भनरले यसको छानबिनको आवाज उठाएका छन्।
अहिले प्रभावित क्षेत्रमा रात्रि कालिन कर्फ्यु लगाइएको छ।राष्ट्रपति जो बाइडेले लस एन्जलसको अवस्था साँच्चै भयावह भएको बताउँदै मर्नेको सङ्ख्या अझ बढ्न सक्ने बताएका छन्।
अहिले अल्टाडेना जिल्लामा १५ सय अग्नि नियन्त्रक सक्रिय छन्। त्यहाँका प्राय सबै मानिस अन्यत्र सरिसकेका छन्।