|  

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम, कति पुग्यो ? 

२७ पुस, काठमाडौं ।  शुक्रबारको तुलनामा शनिबार काठमाडौंको न्यूनतम तापक्रम बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको छ।

शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस मापन भएको थियो।काठमाडौंको अधिकतम तापक्रम १७  देखि १९ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ।