२७ पुस, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा सजाय दिइएको छैन ।
फैसला सुनाउँदै न्यायाधीशले उनलाई कुनै पनि कारवाही नगरेको जनाएका स्रोतले जनाएका छ।अदालतले ट्रम्पलाई बिना शर्त रिहा गर्ने निर्णय गरेको हो । यसको अर्थ यो मुद्दामा उनले न त कुनै जरिवाना तिर्नु पर्नेछ न त कुनै जेल सजाय भोग्नु पर्नेछ ।
ट्रम्पमाथि २०१६ मा भएको एक काण्डको बारेमा मौन बस्नको लागि पोर्न स्टार स्टोर्मी डेनियल्सलाई पैसा दिएको आरोप छ । उनलाई गत वर्ष मे महिनामा यस मुद्दामा दोषी ठहराइएको थियो।