२७ पौष, काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट काठमाडौँ आएका छन् ।
उनी गाडीमार्फत हिजो साँझ काठमाडौँ आइपुगेका थिए । रवि अब भोलि जिल्ला अदालत काठमाडौँमा उपस्थित हुनु हुनेछ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख धरौटी बुझाएर गत बिहीबार उनी साँझ रिहा भएका थिए ।