|  

अमेरिकाले लगायाे रुसमाथि अहिलेसम्मकै सबैभन्दा कडा प्रतिबन्ध

२७ पौष, काठमाडौं । अमेरिका र बेलायतले रुसी तेल कम्पनीमाथि प्रतिबन्ध लगाएको छ ।

यी प्रतिबन्धहरू रुसको ऊर्जा राजस्वलाई नोक्सान र्पुयाउन लगाइएको हो, जसले युक्रेनमा यसको युद्धलाई सहयोग गरिरहेको छ । यसमार्फत व्यापारी र अधिकारीदेखि बीमा कम्पनी र सयौँ तेल ट्याङ्करसम्मका दुई सयभन्दा बढी संस्था र व्यक्तिमाथि प्रतिबन्ध लगाइएको छ । 

अमेरिकासँगै बेलायतले पनि ऊर्जा कम्पनी गाजप्रोम नेफ्ट र सर्गुटनेफ्तेगजमाथि पहिलो पटक प्रत्यक्ष प्रतिबन्ध लगाएको छ । बेलायतका विदेश सचिव डेभिड लेमीले भनेका छन्, ‘रुसी तेल कम्पनीहरूसँग लड्दा रुसको युद्धको कोष खाली हुनेछ र पुटिनबाट खोसिएको हरेक रुबल (रुसी मुद्रा) ले युक्रेनका जनताको जीवन बचाउन मद्दत गर्नेछ ।’