|  

ठुला पार्टी मिलेर बनेको सरकारबाट नागरिकले बेनिफिट पाउनुपर्छः गनन थापा

 २७ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता समीकरण आगामी तीन वर्षसम्म चल्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित फुटवयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको २३ औँ वार्षिक साधरणसभामा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । उनले नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बनेको भन्दै वर्तमान सरकारले पनि त्यो खालको काम गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । उनले विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि भएको बताए ।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले विगतमा ९ महिना, एक वर्ष तीन वर्ष सरकार चलाउँदै गर्दा इतिहासमा गर्व गर्न सक्ने अवस्था बन्दो रहेछ । त्यो विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारबाट पुष्टि हुन्छ । यो पटक कांग्रेस र एमाले मिलेर बनाएको सरकार तीन वर्षसम्म चल्छ । तीन वर्ष भनेको सानो समय होइन । तीन वर्ष ठुला पार्टी मिलेर बनेको सरकारले चल्दै गर्दा नेपाली नागरिकले बेनिफिट पाउनुपर्छ । पहिला पनि पाएको थियो । २०४८ सालमा संविधान पायो । २०७० मा संविधान पायो । अहिले के पाउने हो । अहिले केही पाउनुपर्दैन सबै कुरा सम्हाल्छौँ ।’