|  

जलवायु परिवर्तनको मुद्दा विश्वव्यापी साझा मुद्दा भएकाे अर्थमन्त्री पौडेलकाे भनाइ 

२७ पौष, काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको दाबी गरेका छन् ।

आज काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपनसम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले यस्तो धारणा राखेका हुन् । उनले जलवायु परिवर्तनको मुद्दा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताए । 

यसैवीच, अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए । पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनको भनाई छ ।