|  

आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन गर्न सहज बनाउने प्रधानमन्त्रीको विश्वास

२७ पौष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईटीसम्बन्धी अध्यादेशले विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रूपमा विकास गर्ने बताएका छन् । 

मन्त्रिपरिषद् बैठकले आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपतिसमक्ष सिफारिस गरेको भन्दै उनले यस्तो बताएका हुन् । नेपालमा आईटीको क्षेत्रमा काम गर्नेहरूका लागि कानूनी अड्चलन भए पनि अध्यादेशमार्फत अब नेपाली आईटी कम्पनीहरूले विदेशमा लगानी गर्न, विदेशमा शाखा कार्यालय खोलेर पैसा कमाउन र त्यसरी कमाएको पैसा कानूनी रूपमा भित्र्याउन पाउने प्रधानमन्त्रीको भनाइ छ । 

शुक्रबारको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत आईटीमा गरेको कमाइ स्वदेश भित्र्याउन सहज बनाउने कानून राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।