२७ पौष, काठमाडौं । श्रीलङ्काले सन २०२४ मा पर्यटनबाट करिब ३.१७ करोड अमेरिकी डलर कमाएको छ ।
श्रीलङ्काको केन्द्रीय बैङ्क (सिबीएसएल) को पछिल्लो तथ्याङ्कले यस्तो देखाएको छ । यो सन २०२३ को पर्यटन आम्दानीको तुलनामा ५३ दशमलव २ प्रतिशतले वृद्धि हो, जुन करिब २ अर्ब ७ करोड डलर रहेको तथ्याङ्कले देखाएको छ ।
सिबीएसएल तथ्याङ्कले सन २०२४ मा २० लाखभन्दा बढी पर्यटकले श्रीलङ्का भ्रमण गरेको देखाएको छ, जुन २०२३ को तुलनामा ३८ दशमलव १ प्रतिशतले बढेको छ । श्रीलङ्का सरकारले सन २०२५ मा ३० लाख पर्यटक भित्र्याएर ५ अर्ब डलर पर्यटन राजस्वको लक्ष्य राखेको छ ।