|  

अध्यारोमा बनेको सरकारले मध्यरातमै अध्यादेश ल्याएछः सुमना श्रेष्ठ 

२७ पौष, काठमाडौं । पुर्व शिक्षामन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि नेतृ सुमना श्रेष्ठले संसद्को आउँदो अधिवेशनमा अध्यादेश र सरकारको निरङ्कुशताबारे छलफल हुने बताएकी छन् ।

मध्यरातको अध्यारोमा बनेको सरकारले मध्यरातमा नै अध्यादेश ल्याएको टिप्पणी गर्दै उनले यस्तो बताएकी हुन् । उनले लोकतन्त्रमा संसद् छलेर अध्यादेश ल्याउनुलाई ‘कहीँ नभएको जात्रा’ को संज्ञा दिएकी छन । सरकारले अध्यादेशबाट देश चलाउने तानाबाना बुनिरहेको आरोप लगाउँदै उनले सरकार संसद्मात्र नभएर जनताको प्रतिक्रियासँग पनि डराएर भागिरहेको टिप्पणी गरिन ।