२७ पौष, काठमाडौं । न्याय परिषद्को सदस्यमा वरिष्ठ अधिवक्ता दामोदर खड्काको नाम सिफारिस भएको छ ।
आज बसेको नेपाल बार एशोसिएसनको कार्यसमिति बैठकले खड्कालाई न्याय परिषद्को सदस्यमा सिफारिस गर्ने निर्णय गरेको हो । परिषद् सदस्य रहेका रामप्रसाद श्रेष्ठको कार्यकाल गत मंसिर १५ गते सकिएपछि उक्त पद रिक्त थियो । रिक्त सदस्य पदमा खड्का सिफारिस भएका छन् ।
पाँच सदस्यीय न्याय परिषद्को नेतृत्व प्रधानन्यायाधीशले गर्छन भने सदस्यहरुमा वरिष्ठतम न्यायाधीश, कानुनमन्त्री, नेपाल बार एशोसियसनको तर्फबाट एक जना र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गरेका एकजना कानुनविद् सदस्य रहने व्यवस्था छ ।