२७ पौष, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गैर आवासीय नेपाली नागरिकतामा देखिएको समस्या छिट्टै समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली दूतावासद्वारा आयोजित अन्तक्र्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले एनआरएन नागरिकता कागजको खोस्टो भएको भन्दै यस्तो जोड दिएका हुन् । उनले भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सनको विषयमा ब्रिटिश मन्त्रीहरूसँग छलफल गर्ने पनि बताए ।
नेता कोइरालाले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले नेपालको वस्तुस्थिति क्षेत्रीय तथा विश्व रंगमञ्चमा उठाउन बेलायतलाई आग्रह गर्नुपर्ने बताए । उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नु परिरहेको समस्यामा सहयोग गर्न पनि बेलायतलाई आग्रह गर्नुपर्ने बनाए । उनले प्रवासमा रहेका नेपालीहरूलाई आफूसँग रहेको सीप र स्रोत नेपालको विकासमा लगाउन पनि भनेका छन् ।