|  

समाजवादी मोर्चा पुनः सक्रिय बनाउने प्रयास भइरहेको छः माधव नेपाल

२७ पौष, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँमा ल्याउने प्रयास भइरहेको बताएका छन् ।

आज ललितपुरमा समाजवादी ललितपुर जिल्ला कमिटीको आठौँ अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले यस्तो जानकारी दिएका हुन् । उनले राष्ट्रिय तथा जनजीविकाका विषयलाई उचित ढङ्गले अघि बढाउन आन्दोलनमार्फत राज्यलाई दबाब दिने बताएका छन् । उनले समाजवादी मोर्चालाई क्रियाशील बनाएर समाजवादी, वामपन्थी, कम्युनिष्टहरुलाई एकै ठाउँ ल्याउने प्रयास भइरहेको धारणा राखे । उनले बिचार मिलेसँगै अघि बढ्न सकिने र बिचार मिल्न बाकी रहे सहकार्य गर्न सकिने उल्लेख गरे । सत्ताको फेरबदलसँगै समाजवादी मोर्चा सक्रिय ढङ्गले अघि बढ्न नसकेकाले पुनः  सक्रिय बनाउन खोजेको उनले बताए ।

अध्यक्ष नेपालले राजनीतिमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको भन्दै आगामी दिनमा निराश नभई महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिए ।