२७ पौष, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले बढी मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने निति लिएको बताएका छन् ।
आज नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री लेखकले मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका हुन् । उनले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केही कानुन संशोधन गरेको जानकारी दिए । चाडोभन्दा चाडो कानुन संशोधनका लागि अध्यादेश मार्फत संशोधन गर्ने सरकारले निर्णय लिएको उनको भनाई छ । उनले मुलुकमा लगानीको वातावरण बनाउन गैरआवासिय नेपालीका निमित्त महत्वपूर्ण निर्णय गरेको समेत बताए ।