|  

चिसोले उदयपुरका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून

२७ पौष, काठमाडौं । चार दिनदेखि व्यापक चिसो बढेर शीतलहर सुरू भएसँगै उदयपुरका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको छ ।

चिसो बढेपछि विभिन्न विद्यालयमा खासगरी आधारभूत तहका विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून हुँदै गएको हो । जिल्लाको त्रियुगा, चौदण्डीनढी नगरपालिकासहितका विद्यालयमा सरकारी तथा निजी विद्यालयका साना कक्षाका विद्यार्थी चिसोका कारण प्रभावित भई विद्यालयमा न्यून उपस्थित हुन थालेको विद्यालयका शिक्षकहरुको भनाई छ ।

चार दिनदेखि उदयपुरको तराई क्षेत्र त्रियुगा, बेलका, चौदण्डीगढी र कटारी नगरपालिका क्षेत्रमा शीतलहरसँगै जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसो बढ्दै गएपछि नगर क्षेत्रका वृद्धवृद्धासमेत घरभित्र आगो तापेर बस्न बाध्य छन् ।