२७ पौष, काठमाडौं । एपिएफ फुटबल क्लबले एन्फा महिला लिगको अन्तिम चरणमा लगातार चौथौ जित हात पारेको छ ।
विभागीय डर्बीमा एपिएफले आज त्रिभुवन आर्मी क्लबलाई ३-१ ले पराजित गरेको हो । यो जितमा १२ अंक बनाएको एपिएफ शीर्षस्थानमा थप मजबुत भएको छ । अपराजित यात्रालाई कायमै राखेको एपिएफले यसअघि नेपाल पुलिस क्लबलाई ६-०, वालिङ नगरपालिकालाई ९-० र बागमती युथ क्लबलाई ५-१ ले हराएको थियो । आर्मीको यो पहिलो हार हो । उसले ४ खेलबाट ७ अंक बनाएको छ ।