२८ पुस, काठमाडौं । शनिबारको तुलनामा काठमाडौंको न्यूनतम तापक्रम हल्का घटेको छ ।
आइतबार बिहान ५ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस मापन भएको छ । शनिबार न्यूनतम तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो । आइतबारदेखि पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव काठमाडौंमा पनि हल्का पर्ने छ ।
त्यसको प्रभावले दिउँसो काठमाडौंमा हल्का बादल लाग्ने पूर्वानुमान छ । आइतबार काठमाडौंको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ । काठमाडौंमा साँझ खण्डित वर्षा हुने पूर्वानुमान पनि छ।