|  

रवि लामिछाने आज जिल्ला अदालत काठमाडौँमा हाजिर हुँदै

२८ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।

कास्की जिल्ला अदालतको आदेश बमोजिम बिहीबार धरौटीमा छुटेका लामिछाने काठमाडौंमा पनि सहकारीसम्बन्धीअर्को मुद्दा रहेकाले आफैं अदालतमा उपस्थित हुन लागेका हुन् । लामिछाने आइतबार बिहान साढे ८ बजे नै काठमाडौं जिल्ला अदालतमा हाजिर हुने बताइएको छ ।

काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारी ठगीमा रविलगायतलाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भइसकेको छ । रवि उपस्थित भएपछि आइतबार नै अदालतमा बयान सुरू हुनेछ ।