|  

सप्तरीमा ६७० किलो गाँजा बरामद

२८ पुस, काठमाडौं । सप्तरी प्रहरीले ठूलो परिणामको गाँजा बरामद गरेको छ ।

प्रहरीले शनिबार राति जिल्लाको बलान बिहुल गाउँपालिका–१ स्थित चन्हीबाट ६७० किलो गाँजा बरामद गरेको हो ।

परालले छोपिएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरिएको  प्रहरीले जनाएको छ ।