|  

काठमाडौँमा एक सय ३८ कन्या कुमारीको बेलविवाह

२८ पुस, काठमाडौं ।  नेवारी परम्परामा ईहि अर्थात् बेलविवाहको प्रचलन रहेको छ ।

आज बेल विवाह नगरेका एक सय ३८ जना कन्या कुमारीको पूजा सम्पन्न भएको हो ।

काठमाडौँ महानगरपालिका १२ वडा ह्युमतमा रहेको ह्युमत महिला समूहको आयोजनामा तेस्रो पटक आयोजना गरेको पूजामा एक सय ३८ कन्याहरूलाई बज्रयान पूजाविधि अनुसार पूजा अर्चना गरिएको थियो ।