|  

जुम्लामा अनलाइन प्रणालीबाटै नागरिकताको सिफारिस 

२८ पौष, काठमाडौं । जुम्लामा नागरिकताको प्रमाणपत्र लिनका लागि अनलाइनमार्फत अनलाइनमार्फत सिफारिश सेवा सुरु गर्ने तयारी गरिएको छ ।

आगामी माघदेखि जिल्लाका आठवटै स्थानीय तहमा यो सेवा शुरू गर्न लागिएको हो । यसअघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भइसकेको छ । नागरिकताको सिफारिसका लागि कर्मचारीलाई आवश्यक तालिम दिइने प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले जानकारी दिए ।