२८ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदका लागि आवेदन माग गरेको छ ।
पुस २६ गतेको आयोगको निर्णयअनुसार सामुदायिक विद्यालयको माध्यमिक तह तृतीय श्रेणी, शिक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्ति गर्न आवेदन माग गरेको हो ।
आयोगले ३६७ पदका लागि विज्ञापन आह्वान गरेको हो । आयोगले सातै प्रदेशका लागि आवेदन माग गरेको छ ।न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारहरूबाट पुस २८ गतेदेखि अनलाइन दरखास्त प्रणालीबाट आवेदन दिन सकिने आयोगले जनाएको छ ।