२८ पौष, काठमाडौं । आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।
नेप्से परिसूचक २५.४१ अंकले घटेर २६०९.६७ विन्दुमा अडिएको छ । सेन्सेटिभ इण्डेक्स १.०१ प्रतिशतले घटेको छ । यसदिन ३०१ स्क्रिप्सको ८० लाख २१ हजार ६३१ कित्ता सेयर ३ अर्ब ९९ करोड ७९ लाख ९ हजार ३२३ रुपैयाँमा खरिदबिक्री भए । दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य नकारात्मक सर्किट लेभलमाा कारोबार भयो । विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको हो । आज न्यादी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक गुमाए । सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा एनआरएन शीर्षस्थानमा रह्यो । सो कम्पनी २० करोड ४१ लाख मूल्य बराबरको सेयर कारोबार भयो । सिन्धु विकास बैंकको १८ करोड, सिंगटी हाइड्रो इनर्जीको १६ करोड, हिमालयन पावरको १३ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड बराबरको सेयर कारोबार भयो । कारोबारमा आएकामध्ये ४३ स्टक्सको मूल्य बढ्दा १९४ वटाको घट्यो । ६ स्टक्सको मूल्य भने स्थिर रह्यो । सबै समूहको उपसूचक नकारात्मक देखिएका छन् । फाइनान्स समूहको उपसूचक भने ३.६० प्रतिशतले ओरालो लाग्यो ।