|  

रविको पक्षको बयान सकिएर थुनछेक बहस सुरु

२८ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षको काठमाडौँ जिल्ला अदालतमा बयान सकिएको छ । 

जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा भएको लामिछानेको बयान सकिएको हो । अब उनको थुनछेक बहस सुरु हुनेछ । अदालत खुल्नु अगावै नै बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत पुगेका लामिछानेको बयान दिन सुरु गरेका थिए । अदालतले कास्की जिल्ला अदालत झै धरौटी मागेमा उनी छुट्ने छन् भने नमागे वा बयान नसकिएमा उनी अझै हिरासतमा रहने जनाइएको छ ।

सूर्य दर्शन सहकारी ठगी प्रकरणमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिन पछि गत बिहीबार साँझ ६५ लाख धरौंटी बुझाएर पोखराबाट छुटेका थिए । त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालत, काठमाडौँमा स्वयं हाजिर हुने भनिए पनि समय अभावका कारण उनी हाजिर हुन सकेका भने थिएनन । जिल्ला प्रहरी परिसर, काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिए पछि उनी दालतमा हाजिर भएका थिए । उक्त सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।