|  

रविलाई भद्रकालीस्थित प्रहरी परिसर पु¥याइयो

२८ पौष, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँको भद्रकालीस्थित प्रहरी परिसर पुर्याइएको छ ।

काठमाडौँ जिल्ला अदालतमा आज थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी हिरासतमा पुर्याइएको हो । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको थियो । भोलि पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दाका कारण फेरि प्रहरी हिरासतमा पुगेका हुन । 

सोही मुद्दाको बयानका लागि लामिछाने आफैँ आज अदालत पुगेका थिए । भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुने भनिएको छ ।