|  

म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने देउवाको प्रतिबद्धता

२८ पौष, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याग्दीका विकास आयोजनालाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

नेपाली कांग्रेस म्याग्दीले आज बेनीमा आयोजना गरेको कार्यकर्ता भेटभाटका क्रममा देउवाले यस्तो बताएका हुन् । उनले जिल्लाको सडक, नदी नियन्त्रण, स्वास्थ्य पूर्वाधार, धार्मिक पर्यटकीयस्थलको विकासमा पार्टीको साथ रहेको र  प्रधानमन्त्री केपी शर्मा ओलीसँग समन्वय गर्ने बताए ।

सभापति देउवासमक्ष कांग्रेस म्याग्दीका सभापति तथा प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले जिल्लाका प्राथमिकता प्राप्त आयोजनाका लागि बजेट व्यवस्थापन गरिदिने सम्बन्धमा माग पत्र बुझाएका थिए ।