२८ पुस, काठमाडौं । हिमाली जिल्ला हुम्लामा हिमपात भएको छ । बिहान ७ बजेबाट जिल्ला सदरमुकाम सिमकोट र उत्तरी नाम्खा गाउँपालिकामा हिमपात भएको हो ।
पश्चिमी वायु प्रभावसँगै हुम्लामा पनि हिमपात भएको छ । सदरमुकाम सिमकोट हिमपात भएसँगै नेपालगञ्ज र सुर्खेतबाट हुने हवाइ उडान रोकिएको छ ।
निजी क्षेत्रका हवाई सेवा हिमपातका कारण उडान भर्न सकेका छैनन् ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमि अलि बढी हिउँ जमेको नाम्खा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । हिउँ जमेपछि यहाँका नागरिकहरूलाई बालीनालीमा राम्रो हुने भएको वडाध्यक्ष तामाङले बताए ।
योभन्दा पहिला बढी हिउँ परेको थियो यस पटक अलि कमै हिउँ परेको तामाङको भनाइ छ ।