|  

रवि विरुद्धको मुद्दामा आज थुनछेक बहस

२९ पौष, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ।

काठमाडौं जिल्ला अदालतमा हिजो थुनछेक बहस नसकिएपछि लामिछानेलाई परिसरमा राखिएको हो । आज पुनः अदालतमा पेस गर्ने गरी लामिछानेलाई काठमाडौैं जिल्ला अदालतले प्रहरीको जिम्मा लगाइदिएको थियो। हिजो बिहानै अदालत उपस्थित भएका रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो। लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेपनि सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आइतबार बहस गर्न नसक्ने भनी इजलासमा उठाएपछि न्यायाधीशले सो आदेश दिएका थिए ।

गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा लामिछाने रिहा का थिए । लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा सो मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए। आज  बिहान ११ बजेबाट थुनछेक बहस शुरू हुनेछ।