|  

महाकुम्भ सुरु, १ करोड भक्तजन पुग्ने

२९ पुस, काठमाडौं । भारतमा महाकुम्भ सुरु भएको छ । आज पौष पूर्णिमाको पहिलो स्नान हो ।

यस अवसरमा १ करोड भक्तजनले संगममा स्नान गर्नेछन् । संगम नाकामा हरेक घण्टा २ लाख मानिस नुहाउने गर्छन् । आजदेखि भक्तजनले ४५ दिनसम्म चल्ने कल्पवास सुरु गर्नेछन् ।

संगममा प्रवेश गर्ने सबै बाटोमा भक्तजनको भीड लागेको छ । महाकुम्भमा सवारीसाधन प्रवेशमा रोक लगाइएको छ । जसका कारण भक्तजनहरू संगम पुग्न १० / १२ किलोमिटर पैदल हिँडिरहेका छन् ।