|  

कैलालीमा अफ्रिकन स्वाइन फिभरबाट ३८ बंगुर मरे

२९ पुस, काठमाडौं । कैलालीमा अफ्रिकन स्वाइन फिभर रोगबाट बंगुर मर्न थालेका छन् ।

घोडाघोडी नगरपालिका-९ रतिपुरका प्रदेशु चौधरीले पालेका ३८ बंगुर अफ्रिकन स्वाइन फिभर रोग लागेर मरेको प्रहरीले जनाएको छ । कबिन्द्रसिंह बोहराले चौधरीले पालेका ३२ पाठापाठी, ५ माउ र एक भाले बंगुरको मरेको हो ।

१५ पुसदेखि बंगुरको मर्न थालेकोमा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा नमूना परीक्षण गर्ने क्रममा बंगुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको हो ।