|  

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायलका प्रधानमन्त्री नेतान्याहुबीच टेलिफोन संवाद

२९ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग गाजा युद्धविराम र बन्धकहरूको रिहाइमा जारी वार्ताबारे कुरा गरेका छन् ।

ह्वाइट हाउसका अनुसार फोन वार्ताका क्रममा राष्ट्रपति बाइडेनले हमासद्वारा बन्धक बनाएका मानिसहरूको रिहाइ र तत्काल युद्धविराम गर्न जोड दिएका थिए । राष्ट्रपति बिडेनले गाजामा मानवीय सहायता बढाउनु पर्ने आवश्यकताबारे पनि कुरा गरेका छन्।