|  

भक्तपुरको त्रिवेणीधाममा माधवनारायण मेलाको व्रत सुरु

२९ पुस, काठमाडौं ।  भक्तपुर हनुमानघाटस्थित त्रिवेणीधाममा आजदेखि माधवनारायण मेलाको व्रत शुभारम्भ भएको छ ।

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने माधवनारायण मेला हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी सूर्यलाई अर्घ्य दिएर पूजा गरेपछि व्रत सुरु हुन्छ ।

माधवनारायणको व्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ