२९ पुस, काठमाडौं । अमेरिकाको लस एन्जलसमा डढेलोका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
आइतबारसम्म मृत्यु हुनेको संख्या २४ पुगेको स्रोतले जनाएको छ । १६ जना बेपत्ता भएको स्रोतले बतायो । केही दिन हावाको गति केही कम भए पनि पुनः तीव्र गतिमा हावा चलिरहेको छ ।
प्रतिघण्टा ६० माइलको दरले हावा चलिरहेको छ । जसका कारण डढेलो धेरै भूभागमा फैरिहेको रहेको छ । बस्तीसहित ३८ हजार एकडभन्दा बढी जमिन जलेर खरानी भइसकेको छ ।
हालसम्म सयौँ घर र गाडीहरू जलेका छन् । एटीएम काउन्टरहरू भग्नावशेषमा परिणत भएका छन् । हावाहुरीले रुखहरू ढलेका छन् ।