२९ पुस, काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज ( सोमबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन नेपाली बजारमा प्रतितोला १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी भने स्थिर रहेको छ । आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।