|  

वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन

२९ पुस, काठमाडौं ।  वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ ।

६४ वर्षीय शेर्पाको ग्रान्डी अस्पतालमा उपचारको क्रममा आज राती १२ः१५ बजेको समयमा  निधन भएको हो । शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए ।

केही वर्षदेखि वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए।

लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध भइ राजनीतिमा समेत संलग्न शेर्पा नेपाली कांग्रेस सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका सभापति समेत थिए ।