|  

संविधान संशोधन २०८७ मा हुन्छ भनेर अहिले घोषणा गर्ने विषय होइनः गृहमन्त्री

२९ पुस, काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको ७ बुँदे सहमतिअनुसार नै सरकार अघि बढ्ने बताएका छन् ।

आइतबार पत्रकारहरूसँग बोल्दै लेखकले यस्तो बताएका हुन् । ‘कांग्रेस र एमालेबीच सात बुँदे सहमति बमोजिम गठबन्धन रहन्छ । सहमतिअनुसार नै ०८४ सालको निर्वाचनसम्म यो गठबन्धन कायम हुन्छ,’ उनले भने  ‘संविधान संशोधन चरणवद्ध हो। ०८७ पुग्छ कि कहाँ पुग्छ भनेर अहिले घोषणा गर्ने विषय होइन।’

प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले केन्द्रीय कमिटी बैठकमा २०८७ सालमा संविधान संशोधन हुने अभिव्यक्ति दिएका थिए । तर , गृहमन्त्री लेखकले संविधानको सबल र दुर्बल पक्षको पहिचान गरी सबै राजनीतिक दलहरूसँग छलफल र समन्वय गरेर संविधान संशोधन गरिने बताए।