२९ पुस, काठमाडौं । पोखराको अमरसिंह चोकस्थित पोखरा गेट भत्काइएको छ । पोखरा-मुग्लिन सडक विस्तारका लागि गेट गएराति भत्काइएको हो ।
लामो समयदेखि गेट नभत्काउन दबाब सिर्जना गरिएको थियो ।गेट भत्काएपछि राप्रपा, स्थानीय युवा क्लब र सरोकारवालाहरूले विरोध जनाएका छन् । पोखराको ऐतिहासिक सम्पदा विकल्पबिनै भत्काइएको भन्दै उनीहरू आक्रोशित बनेका हुन् । तर भत्काउनुको विकल्प नभएपछि हटाइएको हो ।
राजा वीरेन्द्रको शुभराज्यभिषेकका अवसरमा पृथ्वी राजमार्गअन्तर्गत पोखरामा स्वागतार्थ कलात्मक गेट निर्माण गरिएको थियो ।गेटको माथिल्लो भागमा बुद्ध र शिवको मूर्तिबिचमा श्रीपेजजडित थियो ।