२९ पुस, काठमाडौं । आइसिसी यू–१९ महिला विश्वकपअघिको अभ्यास खेलमा वेस्ट इन्डिजले नेपाललाई ११० रनको लक्ष्य दिएको छ ।
मलेसियाको नेगेरी सेम्बिलनमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ४ विकेटको क्षतिमा १०९ रन बनायो । वेस्ट इन्डिजका लागि कप्तान समरा रामनाथले २५ रन बनाइन् । सीमाना केसीको बलमा रचना चौधरीबाट क्याच हुनुअघि उनले ३३ बलमा ३ चौका प्रहार गरिन् । जहजारा क्लाक्सटनले नटआउट २२ रन र अबिगल ब्राइसले १९ रन जोडिन् ।१
१ खेलेकी अबिगलले अन्तिम ओभरमा नेपालकी कप्तान पूजा महतोलाई तीन चौका प्रहार गरेकी थिइन् । तर अन्तिम बलमा उनी रनआउट भइन् । अन्तिम ओभरमा पूजाले १६ रन खर्चिदा वेस्ट इन्डिजले सय रन कटाएको थियो ।
ओपनरद्वय असाबी कलन्दर २३ रन र अमृता रामतहाल १० रनमा आउट भए । अमृतालाई नेपालकी रचना चौधरीले कप्तान पूजा महतोबाट क्याच गराउँदा असाबी नेपालकी अलिसा यादव र सीमाना केसीबाट रनआउट भइन् । बलिङमा नेपालका सीमाना केसी र रचना चौधरीले एक-एक विकेट लिए । विश्वकपको खेलअघि नेपालले वेस्ट इन्डिज र अमेरिकासँग अभ्यास खेल खेल्न लागेको हो।