|  

बीआरआईमा ‘लोन’ भन्ने शब्द नै  छैनः आरजु राणा

२९ पुस, काठमाडौं ।  परराष्ट्र मन्त्री डा.आरजु राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बोल्दै परराष्ट्र मन्त्री राणाले यस्तो बताएकी हुन् । ‘बीआरआई (हस्ताक्षर) २० हजार चोटि पढेर गरिएको हो । लोन शब्द भन्ने छैन । एड भन्ने छ । यो ग्रान्ट हो’, उनले भनिन् ।

समितिले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण र अमेरिका भ्रमणबारे छलफल गरिरहेको छ ।छलफलमा सांसदहरूले बीआरआईबारे समेत चासो राखेका थिए । जवाफमा मन्त्री राणाले बीआरआईमा ‘लोन’ भन्ने शब्द नै नरहेको बताएकी हुन् ।