|  

हङकङको काइताकमा स्काफोल्डिङ भत्किँदा कम्तीमा ११ जना घाइते

२८ पौष, काठमाडौं । हङकङको काइताकस्थित एक निर्माणस्थलमा स्काफोल्डिङ भत्किँदा ११ कामदार घाइते भएका छन् ।

भग्नावशेषमा दुई जना फसेका छन् । निर्माणस्थलमा रहेको ३२८ फिट अग्लो बाँसको उक्त संरचना आज अपरान्ह् ४ बजे आंशिक रूपमा ढलेको थियो । शिङचोङ रोडमा रहेको निर्माणस्थल एक अस्पतालको परियोजना हो । सन २०१८ मा निर्माण सुरु भएको यो परियोजना अर्को वर्ष पूरा गर्ने लक्ष्य लिइएको छ ।

घटनास्थलमा कम्तीमा १० एम्म्बुलेन्ससहित आपत्कालीन कर्मचारीहरू पुगेर उद्धार कार्यमा जुटेका थिए ।